२०८३, आश्विन १९ गते

सोमवार, आश्विन १९ गते २०८३

आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट

आइतवार , आश्विन १८, २०८३

काठमाडौँ. असोज। स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेको छ।

मूल्य समायोजन भएसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला ४ हजार ३९० रुपैयाँ कायम भएको छ।

यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँ र असली चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार