काठमाडौं, चैत ।
प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज शितल निवासमा शपथग्रहण गरे लगत्तै शाहले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
प्रधानमन्त्रीले सिफारिस गरेका मन्त्रीहरूले शितल निवासमा शपथ ग्रहण गरेका हुन्।
रास्वपा सभापति रवि लामिछाने र संसदीय दलका नेता शाहबीच छलफल भएपश्चात केही मन्त्रीको नाम टुंगो लागेको थियो।
राष्ट्रपति कार्यालयका अनुसार रास्वपा स्रोतका अनुसार
- अर्थमन्त्री : उपसभापति डा. स्वर्णीम वाग्ले
- गृहमन्त्री : सुदन गुरुङ,
- परराष्ट्र ः शिशिर खनाल,
- भौतिक पूर्वाधार : सुनिल लम्साल
- उर्जा : विराजभक्त श्रेष्ठ
- पर्यटन : खड्गराज गणेश पौडेल
- शिक्षा : सस्मित पोखरेल
- कानून न्याय तथा संसदीय मामिला ः सोबिता गौतम
- सामान्य प्रशासन : प्रतिभा रावल
- सञ्चार तथा सूचना प्रविधि : विक्रम तिमल्सिना
- स्वास्थ्य तथा जनसंख्या : निशा मेहता
- कृषि : गीता चौधरी
- महिला तथा बालबालिका : सीता बादी
- श्रम : दीपक शाह
मन्त्री बनेका छन्।