२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भारत - अमेरिका सहमति : ' १८ प्रतिशतमा झारियो भन्सार शुल्क '

मंगलवार , माघ २०, २०८२

 

काठमाडौँ, माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामाग्रीमाथि लाग्दै आएको भन्सार शुल्क २५ प्रतिशतबाट १८ प्रतिशतमा झारिएको घोषणा गरेका छन् । रुसबाट तेल खरिद बन्द गर्न भारत तयार भएसँगै ट्रम्पले यस्तो घोषणा गरेका छन् ।

भारतले अब अमेरिकामाथि लगाएका व्यापार अवरोधलाई पनि कम गर्नेछ । त्यस्तै, रुसको साटो अमेरिका र भेनेजुएलासँग तेल किन्नेछ । नरेन्द्र मोदीको आग्रहमा उनीसँगको मित्रता र सम्मानका कारण हामी तत्कालै अमेरिका र भारतबीच व्यापार सम्झौता गर्न सहमत छौंं, मोदीसँगको टेलिफोन संवादपछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।

५ सय बिलियन डलरभन्दा धेरै मुल्य बराबरको अमेरिकी उर्जा, प्रविधि, कृषि र अन्य उत्पादक किन्नका लागि पनि मोदी प्रतिवद्ध रहेको ट्रम्पले बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस निर्णयबाट खुसी रहेको बताएका छन् ।

मित्र ट्रम्पसँग कुराकानी गर्न पाउँदा निकै खुसी लागेको छ । भारतमा बनेका सामाग्रीमाथि अब भन्सार घटेर १८ प्रतिशतमात्रै लाग्नेछ, यसले हर्षित छु मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, भारतका १ अर्ब ४० करोड जनताको तर्फबाट ट्रम्पलाई यस घोषणाका लागि धन्यवाद् छ ।

विश्का दुई ठूलो प्रजातान्त्रिक देशबीच लामो समय चलेको व्यापार तनावपछि यस्तो सहमति भएको हो । गत अगस्टमा ट्रम्पले भारतबाट अमेरिकामा आयात हुने सामाग्रीमा भन्सार शुल्क दोब्बर बनाएर ५० प्रतिशत पुर्याउने चेतावनी दिएका थिए । भारतलाई रुसी तेल खरिद नगर्नका लागि दबाब दिन यसरी भन्सार शुल्क बढाइएको थियो ।

यसै महिनाको सुरुवातमा अमेरिकाले रुससँग तेल खरिद बन्द गर्न फेरि दबाब दिएको थियो । भेनेजुएलाको तेल खरिद गर्न पनि अमेरिकाले आव्हान गरेको थियो । भारतले वर्षौंदेखि भेनेजुएलासँग तेल किनिरहेको थियो ।

पछिल्लो पटक एक वर्षअघिसम्म पनि भारतले भेनेजुएलाबाट तेल किनेको थियो ।  तर, अमेरिकामा ट्रम्प राष्ट्रपति चुनिएर आएसँगै भेनेजुएलाको तेल खरिद गर्नेहरुमाथि उनले प्रतिबन्ध लगाउन थाले । त्यसपछि भारत पछि हट्यो ।

अहिले त्यहाँका राष्ट्रपति निकोलास मदूरोलाई अपहरण गरेर अमेरिकाले मुद्दा चलाइरहेको छ । अब भेनेजुएलाको तेललाई अमेरिकाले नै विश्वबजारमा बेच्ने तयारी थालेको छ ।

यस विषयमा भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेजले पनि सहमति दिएकी छिन् । भारतमा तेल आयात उच्च छ । यहाँ झन्डै ९० प्रतिशत तेल विदेशबाट आउँछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार