२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

भूतपूर्व गोर्खाका माग : बेलायत सकारात्मक - ' अर्को बैठकमा सहमति ! '

शुक्रवार , जेठ ३१, २०८२

 

लण्डन, जेठ । बेलायती सरह समान पेन्सनलगायत भूतपूर्व गोर्खासैनिकका मागका  सम्बन्धमा करिब एक वर्षपछि बेलायतीसँग वार्ता भएको छ । मागका सम्बन्धमा बिहीबार भएको वार्तामा बेलायती पक्षले सकारात्मक जवाफ दिएको यहाँस्थित नेपाली राजदूतावासका उपप्रमुख विपिन दुवाडीले बताए ।

उपप्रमुख दुवाडी, संयुक्त अधिराज्यको रक्षा मन्त्रालयका अधिकारी तथा भूतपूर्व गोर्खा प्रतिनिधि संलग्न वार्तामा बेलायतले मागका बारेमा सकारात्मक जवाफ दिँदै पर्याप्त गृहकार्य गरेर अर्को बैठकमा बस्न सहमति जनाएको हो ।

बेलायती पक्ष सकारात्मक छ । पेन्सन लिने कति भूपूगोर्खा छन्, कति रकम आवश्यक पर्छ ? लगायत विषयमा अध्ययन गरी अर्को वार्तामा बस्ने सहमति भएको छ ”, उपप्रमुख दुवाडीले रासससँग भने ।

गोर्खाभूतपूर्व सैनिक सङ्घका सभापति कृष्णकुमार राईले विगतका वार्तामा भूपूगोर्खाका हितका विषयमा मात्र छलफल गरेको बेलायती पक्षले यसपटक समान पेन्सनका सम्बन्धमा पनि वार्ता गरेको र पर्याप्त गृहकार्यका साथ अर्को बैठक गर्नेगरी छलफल टुङ्गिएको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार