२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

जुम्लामा हिमपात र वर्षा  : ' आकाशे पानी पर्खेर बसेका किसान खुसी '

यस वर्ष ढिलोगरी हिउँ र वर्षा

शनिवार , फाल्गुण १७, २०८१

 

जुम्ला, फागुन । शुक्रबार बिहानैदेखि हिमपात र वर्षा  हुँदा यहाँका किसानलाई राहत पुगेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो । 

उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका–१ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिए । 

ढिलोगरी वर्षासँगै भएको हिमपातपछि आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन् । गत असोजदेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए । 

जिल्लाका आठवटै स्थानीय तहमा धेरैजसो ठाउँमा सिँचाइको अभाव छ । जहाँ किसानले आकाशे वर्षात्का भरमा  जौँ, गहुँ बाली लगाउने गर्छन् । 

हिमपातका कारण जौँ,, गहुँलगायत नयाँ  स्याउका बिरुवा लगाउन निकै सहज भएको हिमा गाउँपालिका–६ का  स्थानीय  किसान दुर्गा शाहीले बताए । 

जिल्लामा स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिमपातका कारण सहज भएको कृषि विकास कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीले बताए । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । 

साथै सदरमुकाम खलङ्गा बजारबाट चल्ने लामो तथा छोटा दूरीका सवारीसाधन फाट्टफुट्ट चलेको तिला कर्णाली यातायातले जनाएको छ । 

गत २४ घण्टामा जिल्लामा ३३ मितिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार