२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

गैरआवासीय नेपाली सङ्घ

  गृहमन्त्री लेखकले भने   :  "  नेपालको राष्ट्रियता बलियो बनाएका छन " 

 गैरआवासीय नेपाली अवैतनिक राजदूत हुन् '

आइतवार , कार्तिक ११, २०८१

 

काठमाडौँ, कात्तिक । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताएका छन् ।गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारणसभा कार्यक्रममा आइतबार बिहान बोल्दै गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नेपालका अवैतनिक राजदूत भएको बताए ।

'नेपालका लागि केही गर्ने उद्देश्य राख्नुभएको छ । जुन देशको नागरिक भए पनि नेपाली हुँ भनिराख्नुभएको छ,' उनले भने, 'गैरआवासीय नेपाली अवैतनिक राजदूत हुनुहुन्छ । '

'तपाईंहरु रहेको देशमा तपाईंको अनुहार र व्यवहारमा नेपाल देख्छन् । तपाईंहरु संसारभर फैलिँदा नेपालको राष्ट्रियता थप बलियो बनाएको छ ।'

उनले गैरआवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सम्बोधन गर्न सरकार कानुन संशोधनको तयारीमा रहेको जानकारी दिए ।

'तपाईंहरु पनि त्यसरी नै आउनुहोस् । कानुन संशोधनका लागि हामीले गृहकार्य गरिरहेका छौँ ।' 

'तपाईं पनि गृहकार्य गरेर आउनुहोस्,' उनले अगाडि भने, 'गैरआवासीय नेपालीको उद्देश्य नेपालको आर्थिक उन्नति भएको भन्दै संसारमा नेपालीहरुले उत्कृष्ट काम गरिरहनुभएको छ ।'

 लोकतन्त्र अनुशासनको पद्धति भएको भन्दै उनले लोकतन्त्र अराजकता नभएको बताए।

यसैगरी गैैरआवासीय नेपाली सङ्घ (एआरएनए) का अध्यक्ष डा बद्री केसीले लगानीमैत्री वातावरण भए गैरआवासीय नेपाली नेपालमा लगानी गर्न उत्सुक रहेको बताएका छन् । 

अहिलेसम्म गैरआवासीय नेपालीहरुले नेपालमा लुकेर गरेकै लगानी एक खर्ब रहेको छ ।

 किनभने नेपालमा देखिएर लगानी गरेपछि राष्ट्रीयकरण पो हुने हो कि भन्ने डर थियो,' उनले भने, 'गैरआवासीय नेपालीहरुलाई नागरिकता उपलब्ध गराएर लगानीका लागि सहज वातावरण मिलाएमा आगामी दिनमा अझै बढी नेपालमा लगानी भित्रने छ ।'

आफूहरु एकताको विरोधी नभएको भन्दै उनले सबैलाई मिलेर अगाडि बढ्दै एनआरएनएको उद्देश्य पूरा गर्न एकजुट हुनुपर्नेमा केसीको जोड रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार