२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सरकारको १०० दिन 

 सभापति देउवाले भने : "सरकारले राम्रो काम गरेको छ "

' सरकारसँग कांग्रेस असन्तुष्ट हुने कुरै छैन '

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौँ, कात्तिक । सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति आफ्नो दल सन्तुष्ट रहेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको सभापति देउवाको भनाइ छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले ' हनिमुन डेज' मा सरकारले राम्रो काम गरेको दाबी गरेका छन् । ‘अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ । सय दिनलाई मैले त राम्रो मानेको छु ।

सय दिनलाई हनिमुन डेज भन्छन् नि । राम्रो काम गरेको छ । राम्रो काम गरिरहेको छ, के भएको छ त ? गति पनि लिएको छ, सभापति देउवाले भने ।

विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको देउवाले दाबी गरे । ‘बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ । मान्छे पठाउनुभएको हो, गरेको हो ।

हेलिकप्टरबाट पनि उद्धार गरेको हो । ठीक छ, त्यस्तो केही छैन, सबैको राम्रो छ सय दिनको काम,’ सभापति देउवाले भने । ओली नेतृत्वको सरकारसँग कांग्रेस असन्तुष्ट नरहेको पनि उनले दाबी गरे ।

दुई वर्ष उनले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो । कहाँ कांग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर । कहाँ असन्तुष्ट हुनु, कुरै छैन नि त्यो त । सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो । त्यस्तो केही छैन, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार