२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

नेकपा माओवादी केन्द्र 

अध्यक्ष प्रचण्डले भने  : ' संविधान विपरीत अभिव्यक्ति दिने छुट कसैलाई छैन '

बिहिवार , भाद्र २०, २०८१

काठमाडौँ, भदौ  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विपरीत अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताएका छन ।  

सहिदद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान विपरित अभिव्यक्तिको प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान गरे । 

जनयुद्धलाई संविधानले सशस्त्र सङ्घर्षका रूपमा सम्बोधन गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संविधानको व्याख्यात्मक टिप्पणीमा ‘सशस्त्र सङ्घर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ’ भनेर लेखिएको स्पष्ट पारे ।   

“व्याख्यात्मक टिप्पणीमा सबै दलहरूले हस्ताक्षर गरेका छन् । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतङ्क थियो भन्ने दुस्साहस गर्ने गरेका छन्”, उनले भने, “संविधान विपरीत बोल्ने छुट कसैलाई पनि छैन । संविधानमा भएको यथार्थलाई जोडदाररुपमा जनतामा लैजानुपर्छ ।”

जनयुद्धका सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको अध्यक्ष प्रचण्डको भनाइ छ । 

पटक(पटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकेकाले पछिल्लो पटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको उनले बताए । 

“यो हामी सबैका लागि खुसी र गर्वको विषय हो । छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ”, अध्यक्ष प्रचण्डले भने, “पार्टीले सबै सहिदको एकैसाथ सम्झना गर्न जनयुद्धकालदेखि हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने गरेको छ ।”

जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने मन्त्रिपरिषदबाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुङ्गिएको भनेर अदालतबाट रोकिएको प्रसङ्ग उल्लेख गरे । 

अध्यक्ष प्रचण्डले  भने, अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनः विचार गर्नेमा विश्वस्त छौ। 

सो अवसरमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, सचिव देवेन्द्र पौडेललगायत नेता कार्यकर्ताले सहिदद्वय कुँवर र गौतमको तस्बिरमा माल्यार्पण गरेका थिए । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार