२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अमेरिकी राष्ट्रपतीय निर्बाचन

डेमोक्रेटिक पार्टी  : ' कमलादेवी ह्यारिस उम्मेदवार बन्ने "

 एकै दिन उठ्यो ४७ मिलियन डलर सहयोग संकलन

सोमवार , श्रावण ७, २०८१

 

काठमाडौँ, साउन ।  कमलादेवी ह्यारिस राष्ट्रपतिको उम्मेदवारको लागि राष्ट्रपति जो बाइडेनले घोषणा गर्नासाथ उनको समर्थनमा ठूलो रकम संकलन भएको छ ।


मिडिया रिपोर्टका अनुसार ह्यारिसको समर्थनमा अहिलेसम्म ४७ मिलियन डलर अर्थ करिब ६ अर्ब ११ करोड संकलन भएको छ ।

डेमोक्रेटिक पार्टीको राष्ट्रपति चुनावी क्याम्पेनलाई एक्टब्लू मार्फत सो रकम संकलन भएको बताइएको छ । ह्यारिसको चुनावी क्याम्पेन लन्च भएपछि सो रकम संकलन भएको हो ।

यसलाई २०२४ को अहिलेसम्मको सबैभन्दा ठूलो चन्दा संकलन भएको बताइएको छ ।

ह्यारिसको क्याम्पेनलाई साना दाताले ठूलो संख्यामा सहभागी भएर सहयोग गरेको मिडिया रिपोर्टमा बताइएको छ । 

न्यूयोर्क टाइम्सले डेमोक्रेटिक पार्टीका लागि २०२० को निर्वाचनपछि अहिलेसम्मकै सबैभन्दा ठूलो चन्दा भएको उल्लेख गरेको छ ।

यसअघि बाइडेन राष्ट्रपतिको उम्मेदवार रहँदा उठेको ९० मिलियन डलर डोनेसन रकम उनको उम्मेदवारी बारे अन्योलता बढेपछि सो रकम फ्रिज गरिएको थियो । 

- एजेन्त्सी
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार