काठमाडौंँ, साउन । गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताएका छन । बुधबार प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान र कानुनमा लेखेको कुरा आफैँ कार्यान्वयन नहुने बताए ।
“संविधानमा धेरै मौलिक हकका कुरा गरेका छौँ, राज्य र नागरिकका सम्बन्धका कुरा गरेका छौँ”, गृहमन्त्री लेखकले भने,“ती आफै परिचालित र क्रियाशील हुने होइनन् ।”
उनले लोकतन्त्रको आधारभूत मान्यता भनेको विधिको शासन भएको बताए ।
“लोकतन्त्र कुनै अमूर्त विषय होइन ” उनले भने,“नेताहरुले भाषण गर्ने र नागरिकले भाषण सुन्ने विषय मात्रै पनि होइन, लोकतन्त्रको आधारभूत मान्यता हुन्छन्, विधिको शासन पनि एउटा मान्यता हो ।”
उनले प्रहरीलाई निष्पक्षता, पारदर्शिता र व्यावसायिकतामा कमी हुन नदिन निर्देशन दिए ।
“उच्च मनोबलका साथ काम गर्नुहोला, प्रहरीको मनोबल उच्च राख्नको लागि र मनोबल उच्च रहिरहनका लागि प्रेरणादायी काम गर्न मन्त्रालयले गर्नेछ”, गृहमन्त्री लेखकले भने, “हामी त्यसमा प्रतिबद्ध छौँं ।”
गृह प्रशासन आफ्ना लागि नयाँ अनुभव भए पनि संसदमा कानुन र संविधान निर्माणको क्षेत्रमा काम गर्ने अवसर लामो समयदेखि पाएको उनको भनाइ थियो ।
“ नेपाल प्रहरी इतिहास बोकेको गर्व गर्न लायक संस्था हो”, उनले भने,“कानुनी व्यवस्था कायम गर्ने,अपराध नियन्त्रण गर्ने सवालका साथै मुलुक र समाजलाई न्यान दिने सवालमा प्रहरीको ठूलो भूमिका छ ।”
सीमित स्रोत साधन र जनशक्तिबीच प्रहरीले काम गरिरहेको जनाउँदै गृहमन्त्री लेखकले भने,“प्रहरी सङ्गठन थप सुदृढ र क्रियाशील बनाउन प्रहरी ऐन संशोधन आवश्यक छ।
उनले प्रहरीसम्बन्धी सबै कानुन समयसामयिक रुपमा पुनवराकोलन र संशोधन गर्न प्रहरी ऐन २०१२ लाई संसदमा पुर्याउने गतिमा अघि बढ्नेमा जोड दिए ।
कानुन बमोजिम काम गर्नुका साथै प्रहरीमा कुनै प्रकारको अवाञ्छित दबाब र प्रहरी संस्थाको दुरुपयोग गर्न नहुने उनको भनाइ छ ।
“मानिसले बिरामी परे डाक्टर र विपत् परे प्रहरीलाई सम्झिने गरेको” उनले भने,“त्यस कारण प्रहरी समाजको डाक्टर पनि हो, किनभने दुःख पीडा र अप्ठ्यारोमा परेको मानिसले तपाईलाई सम्झिन्छ ।”
कार्यक्रममा गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरको उपस्थिति रहेको थियो ।
मन्त्री लेखकको प्रहरी प्रधान कार्यालयमा रहेको अमर सहिद प्रहरीको शारेका छन ।
कार्यक्रममा सातवटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, विभिन्न प्रहरी गण, तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय एवम् सबै जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिको भर्चुअल उपस्थिति थियो ।