२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

सभापति देउवाले भने  : " योजनाहरु शिलान्यास मात्रै गरेर छोड्नु हुँदैन " 

बुधवार , श्रावण २, २०८१

 

काठमाडौँ, साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनैपनि योजनाहरु शिलान्यास मात्रै गरेर छोड्न नहुने बताएका छन् । 

बुधवार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै सभापति देउवाले शिलान्यस गर्ने तर नबनाइदिँदा अलपत्र हुने भन्दै कुनैपनि योजनाको उद्घाटन मात्रै गरेर छोड्नु नहुने बताए ।

सभापति देउवाले स्व.मंगलादेवी सिंहको नाममा भवन शिलान्यास गर्न पाउनु आफ्नो लागि सौभाग्यको विषय भएको बताए । उनले मंगलादेवी सिंह आफैँमा एउटा संस्था भएको बताए ।

उनले मंगलादेवी सिंहको नाममा बन्न लागेको भवनको निर्माण छिटै सम्पन्न गर्न सम्पूर्ण काठमाडौंवासीको साथ र सहयोग चाहिने बताए । 

उनले भने, ‘आज मंगलादेवी सिंहको नामको भवनको शिलान्यास गर्ने मौका मैले पाएको छु । यो मेरा लागि धेरै ठूलो सौभाग्यको कुरा पनि हो । 

मंगलादेवी सिंह गणेशमानजीको श्रीमती मात्रै नभएर मंगलादेवी सिंह आफैँमा पनि मंगलादेवी सिंह हो । त्यसकारण उहाँ गणेशमानजीको श्रीमतीको नामबाट होइन । मंगलादेवी आफैँमा एउटा संस्था हो । 

उनको नाममा भवन शिलान्यास गर्न लागेका छौँ । तर यो बन्नुपर्छ, शिलान्यास मात्रै गर्ने अरु नबन्ने हुनु हुँदैन । मैले त के भनेको छु भने उद्घाटन गर्ने मात्रै भए शिलान्यास नै नगर भनेको छु । 

यसको उद्घाटन गर्ने काम पनि होस्, घर पनि बनोस् । यहाँ भएका महिला दिदि बहिनीहरुबाट मात्रै होइन, सम्पूर्ण काठमाडौं वासीबाट सहयोग होस् । यो बनेको खण्डमा मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ ।’

सभापति देउवाले मंगलादेवी सिंहको नाममा बन्न लागेको भवन निर्माण भइसकेको खण्डमा र त्यहाँबाट महिलाका हक, अधिकारका आवाज उठ्न थालेपछि मात्रै मंगलादेवीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार