काठमाडौँ, असार । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा प्रतिनिधित्व गर्ने पहिलो र दोस्रो दल मिल्दा लोकतन्त्र कमजोर र निरंकुशता बढ्ने आरोप लगाएका छन् ।
प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव राख्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अन्य मुलुकहरूमा यस्तो नहुने उल्लेख गर्दै अहिले कांग्रेस र एमालेले गरेको सहमति अनौठो भएको उल्लेख गरे ।
पहिलो र दोस्रो मिल्दा लोकतन्त्र कमजोर र निरंकुशता प्रबर्धन हुन्छ । यहाँ त सरकार मात्र बनाउने होइन संविधानमाथि छेडछाड समेत गर्न खोज्दै हुनुहुन्छ ।
तपाईंहरूको यात्रा प्रतिगमततर्फ हो । हस्ताक्षर कसका घरमा गर्नुभयो ? सहमति कुन समयमा गर्नुभयो ? त्यसको हिसाब नेपाली जनताले राखेका छन् ।
उनले कांग्रेस एमाले आफैं नमिलेको दाबी गरे । कांग्रेस(एमाले आफैं मिलेका होइनन् । तपाईंहरूलाई कसैले मिलाएको हो ।
अहिले राष्ट्रिय सहमतिको बर्को ओड्नुभएको छ । राष्ट्रिय सहमति लुकेर हुँदैनु प्रधामन्त्री दाहालले भने ।
उनले कांग्रेस र एमाले सुशासनको डरले गर्दा मिलेको दाबी गरे । पहिलो र दोस्रो ठूलो दललाई आदर्शले जोडेको भए ठीकै हुन्थ्यो तर डरले जोड्यो । सुशासनकोको डरले तपाईंहरूलाई जोडेको होु प्रधानमन्त्री दाहालले भने ।