२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल राष्ट्र बैंक भन्छ 

जेठ महिनामा  एक खर्ब २९ अर्ब रेमिट्यान्स : ' विदेशी मुद्रा १९ खर्ब ६७ अर्ब'

बुधवार , आषाढ २७, २०८१

काठमाडौ, असार ।  जेठ महिनामा मात्रै नेपालमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो । 

योसँगै चालु वर्षको ११ महिनामा नेपालमा भित्रिएको कुल रेमिट्यान्स १३ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।  योसँगै नेपालको रेमिटेयान्स आप्रवाहसँगै यो अवधिमा देशको शोधनान्तर अवस्था बढेर ४ खर्ब २५ अर्ब रुपैयाँ बचतमा पुगेको छ । 

बैशाख अन्त्यसम्म यस्तो शोधनान्तर बचत अवस्था ३ खर्ब ९७ अर्ब रुपैयाँ बराबर रहेको थियो ।  त्यस्तै देशको कुल विदेशी मुद्रा सञ्चिति बढेर जेठ मसान्तसम्म १९ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । 

यो रकमले १५.१ महिनाको वस्तु तथा १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ । 

कुल विदेशी मुद्रा सञ्चितिमध्ये राष्ट्र बैंकसँग मात्रै १७ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको सञ्चिति रहेको छ ।  अघिल्लो वष जेठकोमूल्स्तरको आधारमा अहिलेको जेठ मसान्तसम्म मूल्यवृद्धि बढेर ४.१७ प्रतिशतले बढेको छ । 

गत असारको तुलनामा यो वर्ष बैंक बजारमा प्रचलित मुद्रा र बैंकहरुको निक्षेपको आकार १२।७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गत असार मसान्तको तुलनामा भने यस्तो वृद्धि ९.१ प्रतिशत छ । 

बजारमा निक्षेप परिचालन पर्याप्त हुँदा ५।६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार