काठमाडौँ, असार । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ बन्ने सरकारको मन्त्रालयको बाँडफाँड नाभएको बताएका छन । अध्यक्ष ओलीले बुधबार पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठकलाई सम्बोधनका क्रममा यस्तो बताएका हुन ।
उनले भने, नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनै पनि मन्त्रालयको भागबन्डा नभइसको भन्दै को- को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबन्डा टुंग्याउने पनि बताए । उनले थपे, कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्छन ।
उनले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरूलाई पनि समेटेर जानेगरी छलफल भइरहेको जानकारी दिए । उनले सामान्यतः स्ट्रेन्थको आधारमा पार्टीहरूलाई स्थान निर्धारण गर्ने बताए ।
उनले भने, मन्त्रालयको बाँडफाँड पनि भइसकेको छैन । यो मन्त्रालय यो पार्टीले, यो पार्टीले यो मन्त्रालय । को - को सरकारमा सामेल हुने भन्नेकुरा साधारणतया हैसियतको आधारमा, कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन् ।'
'सामान्यतः स्ट्रेन्थको आधारमा पनि पार्टीहरूलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ । त्यस कुरामा पनि ध्यान दिइरहेका छौं ।'
अध्यक्ष ओलीले राष्ट्रिय उत्पादन वृद्धि गर्न विशेष जोड दिने बताए । उनले उद्यमशिलतामा, कृषिमा आधानुकीकरण र व्यवसायीकीकरण, यान्त्रीकीकरणमा ध्यान दिन जरुरी रहेको बताए ।
जनतालाई केन्द्र भागमा राखेर काम गर्ने पनि बताए । उनले शिक्षालाई बढी व्यहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता भएको बताए ।जनतालाई केन्द्र भागमा राखेर काम गर्ने पनि बताए ।
'राष्ट्रिय उत्पादन वृद्धि गर्न सकेनौँ भने आयात त वृद्धि भइरहने भयो । निर्यात हुने नै भएन । व्यापार सन्तुलनका कुरा नै अवरुद्ध हुन्छन् । सबै कुरा निर्भर गर्दछ, राष्ट्रिय उत्पादन वृद्धिले ।'