काठमाडौँ, असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेल नबुझेको टिप्पणी गरेका छन । (एमाले) सँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री प्रचण्डको नराम्रो दिन सुरु भएको उनले बताए ।
मङ्गलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष केसीले एमालेप्रति सङ्केत गर्दै बालकोटले प्रधानमन्त्रीलाई अहिलेको परिस्थितिमा पुर्याएको बताए ।
‘‘प्रधानमन्त्रीले पुस १० गते जहाँ पुगे, त्यही दिनदेखि दशा सुरु भएको थियो । त्यो उनले बुझृनन् । अब यसोभन्दा नराम्रो लाग्ला ।
तपाईँले चाहिँ कति पटक बालकोट धाउनु भयो, कति पटक बुढानीलकण्ठ पुग्नु भयो ? यसरी चल्छ राजनीति ? तपाई पाँच वर्ष सरकारमा राख्न संसद् भित्रको दोस्रो पार्टी मिसिएको थिएन । लाटो खान्छ एक बल्डयाङ, बाठो खान्छ तीन बल्ड्याङ भनेजस्तै तपाईँले बल्ल भोगे ।,’’
अध्यक्ष केसीले भने, ‘‘तपाईँहरूको मन्त्रिमण्डल गठन हुँदै तपाई भन्दा ठुलो पार्टीले अर्थ मन्त्रालय किन लिएन ? गृह मन्त्रालय किन लिएन ? त्यतिबेला म राजनीति नजान्ने मान्छेले पनि अड्कल गरेको थिए –दालमा काला हेय ।
बुढानीलकण्ठ छोडेर बालकोट पुगेको परिणाम अहिले भोगिरहनु भएको छ । अब दुई वटा ठुलो पार्टी मिसिएपछि हुनेवाला केही छैन, मुखको तितो मात्रै पोख्ने कुरा हो ।’’
अध्यक्ष केसीले कांग्रेस एमाले सत्ता समीकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गरे ।
दुवै दलसँग आफूले लामो समयदेखि सङ्गत गरेकाले उनीहरूले पनि मुलुकको हितमा काम गर्न नसक्ने उनले बताए ।