२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

'आजदेखि मनसुन  क्रमशः  केही दिन निष्क्रिय हुँदै' : मौसम विभाग

सोमवार , आषाढ २५, २०८१

 

काठमाडौँ, असार । बिगत केही दिनदेखि निरन्तर हुँदै आएको अबिरल  बर्षा  आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जाने भएको छ ।
   
जल तथा मौसम विज्ञान विभागले मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ ।

विभागका अनुसार,  न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ ।

मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले आजदेखि केही दिनसम्म केही कम हुने जनाएका छन ।  

आइतबारसम्म न्यूनचापीय रेखा उत्तरतर्फ भएकाले भारी वर्षा भएको थियो, आजदेखि उक्त रेखा दक्षिणतर्फ सर्दै जाने भएकाले मनसुन कम सक्रिय हुनेछ,' उनले भने ।

आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको मौसमविद् पुडासैनीले बताए । 

उनका अनुसार मधेस, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार