काठमाडौँ, असार । संविधान संशोधन पश्चगमनका लागि नभइ अग्रगमनका लागि हुने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक लेखकले ठगी गर्नेहरुलाई संरक्षण गर्न सरकारका मुख्य निकायहरु खटाएर दुरुपयोग गरिएको बताए
उनले ठगी गर्ने मानिसलाई संरक्षण गर्न शक्तिशाली निकायको प्रयोग गरिएको बताए ।
प्रमुख सचेतक लेखकले सहकारीका ठग जोगाउनका लागि राज्य सत्ताको दुरुपयोग गरिएको आरोप लगाए ।
उनले भने, ‘अहिले एउटा नयाँ प्रयोग हामीले ल्याएका छौँ। धेरै नयाँ त होइन, पुरानो प्रयोग नै हो ।
मुलुकमा यस्तै, यहाँ एक जना वक्ता बोलिरहनुभएको छ, भाषण गरिरहनुभएको छ, भाषण सकिनु भन्दा पहिला अर्को सरकार बन्ने स्थिति छ । त्यो स्थिति अब यसपछि अघि नबढोस् । राजनीतिक स्थिरता कायम हुन सकोस् ।
मुलुकमा विकास र समृद्धिका विषय अघि बढुन् । राष्ट्रिय हित र स्वार्थको रक्षा हुन सकोस्, हामीले संविधान जारी गरेको आठ वर्ष भइसकेको छ ।
संविधानको उचित समीक्षा गरेर यो संविधानको अभ्यासमा देखएका जटिलताहरु, यसका सबल र दुर्बल पक्षहरुको समीक्षा गरेर संविधानको पनि समसामूहिक संशोधन हुन सकोस् ।
संविधानको समसामूहिक संशोधन भन्दा संशोधन गरेर समसामूहिक संशोधन भन्दा कतिपय कमरेडहरुलाई पश्चगमन लाग्छ । यो पश्चगमन होइन, अग्रगमनका लागि गर्ने हो ।ु
प्रमुख सचेतक लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशिताको मुद्दालाई थप सुदृढ गर्न, थप उन्नत बनाउनका लागि संविधानको संशोधन गर्ने प्रस्तावमाथि छलफल अघि बढेको बताए ।