काठमाडौँ, असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन पुस्तिका प्रतिनिधिसभाको रोष्ट्रममै च्यातेका छन् ।
मन्त्रालयगत बजेट विनियोजनमा अन्याय गरेको भन्दै पुस्तिका च्यातेका हुन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा भौतिक मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राख्दै लिङ्देनले पुस्तिका च्यातेका हुन्
'जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यो पुस्तिका हातमा पर्यो त्यो दिनदेखि म यसरी तात्तिएको छु कि यो यसरी च्यातेर (विनियोजन पुस्तिका च्यात्दै) हुर्याउने मन छ तर, यो संसदीय मर्यादा वि'यो मेरो मात्रै मनको कुरा होइन ।
अहिले त्यस्तो कुनै नाप्ने चिज रहेछ भने यो हलभित्र बसेका जुनसुकै पार्टीको भएपनि चारवटा निर्वाचन क्षेत्र बाहेकको सबैं प्रतिनिधिसभा सदस्यहरूको मनको कुरा हो यो ।:
बजेट विनियोजन गर्दा मनपरी गरिएको भन्दै लिङ्देनले आपत्ति जनाए । 'यसरी सामान्य लाजघिन पनि नराखेर राज्य स्रोतमाथि यस प्रकारको मनपरी कति दिनसम्म माननीय सदस्यहरूले सहेर बस्ने हो ? सामान्य लाज पनि नराख्ने ?' उनले भने, 'यो देख्छन् । पढिने, देखिने चिज हो भन्ने कुरा पनि ख्याल नराख्ने ?
बजेट पुस्तिकामा जिल्लाको नाम पनि नराखेर योजना राखिएको लिङ्देनको भनाइ थियो । समानुपातिक बजेट विनियोजन नभएको उनले बताए ।