२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

महालेखा परीक्षक कार्यालय

राज्य कोषबाट कानुनविपरीत खर्च  : " बेरुजु रकम ११ खर्ब ८३ अर्ब नाघ्यो "

आइतवार , जेठ १३, २०८१

 

काठमाडौँ, जेठ । कानुनविपरीत राज्य कोषबाट खर्च भएको बेरुजु रकम करिब १२ खर्ब रुपैयाँ पुगेको छ ।  आइतबार सार्वजनिक महालेखा परीक्षक कार्यालयको ६१ औं वार्षिक प्रतिवेदनमा हालसम्मको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको हो ।


बेरुजु रकम ११ खर्ब ८३ अर्ब नाघ्यो

गत वर्षको भन्दा यो सवा २ खर्ब रुपैयाँले बढी हो । गत वर्ष बेरुजु रकम ९ खर्ब ५९ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यो वर्ष संघीय, प्रदेश र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्था समेतको ७८ खर्ब ८१ अर्ब ६० करोड रुपैयाँको लेखा परीक्षण सम्पन्न भएको बताइएको छ । 

सोबाट संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरीक्षणबाट ९५ अर्ब ६० करोड बेरुजु कायम भएको छ । 

सोमध्ये ३ हजार २७७ संघीय सरकारी निकायको २४ खर्ब ६१ अर्ब ११ करोड लेखापरीक्षणबाट ४६ अर्ब ५३ करोड अर्थात १.७९ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनले औंल्याएको छ ।

प्रदेशतर्फ १ हजार २७० कार्यालयको ३ खर्ब २३ अर्ब ३४ करोडको लेखा परीक्षणबाट ६ खर्ब ५७ अर्ब अथवा २.०३ प्रतिशत बेरुजु छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार