२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

नेता सिटौलाले भने   :  " सरकार पेलेर जान्छ भने कांग्रेस सामना गर्न तयार "

प्रतिपक्षले जनताका आवाज उठाउने संसदीय अभ्यासमा सामान्य विषय

आइतवार , जेठ १३, २०८१


काठमाडौँ, जेठ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस चुनौती सामना गर्न तयार रहेको बताएका छन् । 

'संघीय गणतन्त्रात्मक शासन व्यवस्था, विगत र वर्तमानको समीक्षा र आगामी कार्यभारु विषयक कार्यक्रममा नेता सिटौलाले जनताका कुरा उठाउँदा सरकारले प्रतिपक्षलाई पेलेर अगाडि बढे कांग्रेस पनि त्यसको प्रतिकार गर्न तयार नै रहेको बताए ।

सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताका आवाज उठाउने संसदीय अभ्यासमा सामान्य विषय भएको भन्दै नेता सिटौलाले जनतका हितमा काम नगर्ने सरकार र जनताका आवाज नउठाउने प्रतिपक्षको लामो भविष्य नहुने बताए । 

उनले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसद्‌मा निरन्तर उठाउनुपर्ने बताए । उनले कांग्रेससहितका प्रतिपक्ष दलहरुले संसद्‌मा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरे उक्त प्रवृत्तिलाई सामना गर्न कांग्रेस तयार रहेको बताए । 

उनले भने, ‘सरकारले जनताको हितमा काम गर्नुपर्छ । संविधानले जनतालाई दिएको हकहरुलाई प्रचलनमा ल्याउनुपर्छ ।  जनतालाई संविधानले दिएको अधिकारको कुरा प्रतिपक्षले संसद्‌मा निरन्तर उठाउनुपर्छ । प्रतिपक्षले कुरा उठाएन भने प्रतिपक्ष सिद्धियो । सरकारले जनताको हितमा काम गरेन भने सरकार पनि भविष्य राम्रो हुदैन ।'

उनले अघि भने, 'कांग्रेस सहेर त बस्न सक्दैन । कांग्रेसले आफू मात्रै अन्याय भएको महशुस गरेको छैन, आम जनतामा अन्याय भएको कुरा कांग्रेसले उठाएको छ ।’

 नेता सिटौलाले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानून नै बन्न नसकेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार