२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज देशभरको मौसम  

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : '  बागमती र गण्डकीमा आंशिक बदली '

शनिवार , फाल्गुण २६, २०८०

 

काठमाडौँ,  फागुन । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने छ । अन्य भू–भागको मौसम भने मुख्यतया सफा रहने छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

आइतबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी  तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ । 

सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी  तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा  आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सफा रहने छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार