काठमाडौँ, माघ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको अखडा बनाउन नहुने बताएका छन् ।
शुक्रबार नेपाल विद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् । उनले विश्वविद्यालय कुनै राजनीतिक दलको भागबण्डाको आधारमा चलाउनु गलत भएको बताए ।
उनले विश्वविद्यालयको स्वच्छ प्रतिष्पर्धाको आधारमा सरकारले नियुक्त गर्नुपर्नेमा जोड दिए ।
उनले विश्वविद्यालयको वर्तमान अवस्थालाई सम्हाल्न सक्ने र बुझ्नसक्ने एवं विश्वविद्यालयमा सुशासन कायम राख्न सक्ने व्यक्तिलाई सरकारले छनोट गर्न आवश्यक रहेको बताए ।
नेता पौडेलले उच्च शिक्षा अध्ययनको विषय राज्यको प्राथमिकतामा पर्न छोडेको बताए । उनले नेपाललाई कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हो ? भन्ने विषयमा सरकार स्पष्ट हुन आवश्यक रहेको बताए ।
उनले नेपाली समाजलाई कस्तो बनाउने भन्नेमा समेत सरकार प्रष्ट नदेखिएको बताए ।
उनले अमेरिकामा अध्ययन र अनुसन्धानको लागि कुल बजेटको ७ प्रतिशत छुट्याउने गरेको उदाहरण दिँदै नेपालले अध्ययन र अनुसन्धानको निम्ति १ प्रतिशत पनि बजेट नछुट्याएको गुनासो गरे ।
उनले अध्ययन र अनुसन्धान सरकारको प्राथमिकतामा नपरेको भन्दै अनुसन्धान विश्व विद्यालय उच्च शिक्षासँग जोडिएको पनि बताए ।
‘विश्व विद्यालयलाई राजनीतिक भागबण्डाका आधारमा अगाडि बढाउनुहुँदैन । विश्वविद्यालय कसले राम्रोसँग अगाडि बढाउन सक्छ ।
विश्व विद्यालयमा सुशासन कसले कायम राख्न सक्छ, त्यसका आधारमा विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुपर्छ ।
उच्च शिक्षा अध्ययनको विषय नै राज्यको प्राथमिकतामा पर्दैन भने देशले उन्नति गर्न सक्दैन,' उनले भने, 'नेपाललाई आवश्यक पर्ने कुन क्षेत्रको जनशक्ति कति हो त्यसको बारेमा पनि सर? त्यसको बारेमा पनि प्रष्ट छैनौं ।'
उनले सरकारले दिएको शिक्षा मुलुकको स्रोत र आर्थिक समृद्धिसँग नजोडिएको बताए ।