काठमाडौँ, पुस । शिक्षाको थलो त्रिभुवानविश्वविद्यालयमा अब राजनीतिक भागबन्डा नगर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिबद्धता जनाएका छन् ।
मंगलबार सरकार बनेको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, 'अब इमानदार र दक्ष व्यक्तिलाई विश्वविद्यालमा लैजान्छौँ । '
प्रधानमन्त्री दाहालले सम्बोभनका क्रममा भने, 'विश्वविद्यालय सुधार्न राजनीतिक भागबन्डा हुने छैन । अब इमानदार र मेरिटोक्रेसीलाई ध्यान दिइनेछ । यसको सुरूवात त्रिभुवन विश्वविद्यालयबाटै गरिनेछ । '
उनले शिक्षाको गुणस्तर सुधार्न बहुआयामिक कदम चाल्ने बताए । 'विद्यालयलाई राजनीतिक क्रिडास्थल बनाउन दिइने छैन' प्रधानमन्त्रीले भने ।