काठमाडौँ, असोज । संसदमा छलफलमा रहेको शिक्षा बिधेयक बिरुद्ध बिगत ३ दिनदेखि आन्दोलरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज सहमति भएको छ ।
गृह मन्त्रालय स्रोतले भन्यो, संसद्मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको छ । संशोधनका लागि सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने भएको छ ।
विभिन्न बुँदामा सहमति भएको र त्यसलाई लिखित गरेर सार्वजनिक गरिने जनाइएको छ ।
शिक्षक आन्दोलन पनि फिर्ता हुने सहमति पनि कायम भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा दुई पक्षबीच सिंहदरबारमा वार्ता भएको थियो ।