२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक

सांसद थापाले भने :  " एक दिन - एक परिणाम " दिने गरी काम गर्नुपर्छ

सरकारका निकायबीचमा आपसी समन्वय नहुँदा काम प्रभावकारी नहुने

शुक्रवार , चैत्र २४, २०७९


काठमाडौँ, चैत । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले गठबन्धनको सरकारले साार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको प्रशंसा गर्दै अब कार्यान्वयन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले अब प्रधानमन्त्रीले चुस्त टिमका साथ देश र जनताका लागि काम गर्नुपर्ने उल्लेख गरे ।  

सरकारले मुलुकमा देखिएको आर्थिक सङ्कटलाई समाधान गरी जनतामा आशा र भरोसा जगाउने गरी काम गर्नुपर्ने नेता थापाको भनाइ छ । 

साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न सरकारका सबै निकायलाई परिचालन गर्न आग्रह गर्दै उनले एक दिन, एक परिणाम भन्ने नाराका साथ काम गर्नुपर्ने सुझाव दिए ।
 । 

साझा कार्यक्रममा छुटेका कार्यक्रम थप्न सुझाव दिँदै उनले सरकारका निकायबीचमा आपसी समन्वय नहुँदा पनि कतिपय अवस्थामा काम प्रभावकारी नहुने भएकाले यसमा प्रभावकारी काम गर्न आग्रह गरे ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद देवेन्द्र पौडेलले संविधान र अहिलेको राजनीतिक व्यवस्थाले जनतालाई सरकारी सेवा लिन सहज भएको र समावेशी भएको उल्लेख गरे । 

हालको राजनीतिक प्रणालीलाई जोगाएर सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । साझा न्यूततम कार्यक्रम कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले मुलुकको स्वास्थ्य क्षेत्रमा २०४६ सालको दरबन्दीमै अहिले पनि सेवा प्रवाह भइरहेको बताउँदै तत्काल सङ्घीय र प्रादेशिकस्तरमा पदपूर्ति गर्नुपर्ने बताए । 

उनले अन्य कर्मचारीसँगै स्वास्थ्य क्षेत्रका जनशक्तिको समायोजन गरिएकाले अहिले स्वास्थ्य क्षेत्रमा कहीँ उपकरण छ, जनशक्ति छैन, कहीँ जनशक्ति छ, कहीँ उपकरण नभएको अवस्था देखिएको बताउँदै समाधानका लागि सरकारसँग आग्रह गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार