२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सत्तारुढ १० दल बैठक

मन्त्रालय भागबण्डा मिल्यो : " कुन दललाई कति मन्त्रालय ? "  

बिहीबार मन्त्रिपरिषद् विस्तार :'कुन दललाई कुन मन्त्रालय भन्नेबारे बाँकी'

बुधवार , चैत्र १५, २०७९

 


काठमाडौँ, चैत । सरकार विस्तारका लागि सत्तारुढ गठबन्धन दलहरूबीच सहमति जुटेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको छ ।

यद्यपि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन । यस्तै बिहीबार नै मन्त्रिपरिषद्‍ विस्तार गरी मन्त्रीहरूलाई शपथग्रहण पनि गराउने तयारी भएको  जनाइएकाे छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार