२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

एमाले सचिवालय बैठक बस्दै

सोमवार , फाल्गुण १५, २०७९


काठमाडौँ, फागुन । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । 
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा  बिहान ११ बजे  बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । 

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।  रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार