काठमाडौँ, माघ । सरकारमा नयाँ सत्ता समीकरणको संभावना देखिन थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले उखान सुनाएर कांग्रेसलाई चेतावनी दिएका छन । यससँगै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सचेतसमेत गराउन भ्याए ।
लोकतन्त्रको स्थापनापछि सबैभन्दा धेरै पटक र समय सत्तामा बस्यो, तर लालची चाहिँ नेकपा एमाले नभएर कांग्रेस भएको जिकिर प्रतिनिधिसभा बैठकमा गर्दै उनले थपे, कांग्रेसलाई प्रतिपक्षी दलको रुपमा रहन सकस भएको छ ।
प्रतिनिधिसभा बैठकमा एक घण्टा लामो भाषण दिएका ओलीले कांग्रेस राष्ट्रिय सहमति भन्छ व्यवहारमा भने नदेखिएको बताए । उनले प्रधानमन्त्री दाहालतर्फ संकेत गर्दै बूढो बाघको नीति कथा ससदमा सुनाएका थिए ।
उनले यसअघि चार बर्ष शासन चलाउँदा एउटा सह सचिवस्तरको कर्मचारीसँग घुँडा टेकेर सत्ता टिकाएको प्रसंग भूलिएर देशलाई संकटतर्फ धकेलेको जस्ता घट्नाले आफ्नै साथीकाे मान मर्दन गर्न पछाडि नपरेका ओली राजनीतिक अस्थिरता ल्याउने कांग्रेस र यसलाई प्रत्युत्पादक बन्ने चेतावनी दिएर आफू 'पानीमाथिको ओभानो' बन्न खोजे ।
यस्तै उनले प्रधानमन्त्री दाहाललाई लक्षित गर्दै कांग्रेसका कारण प्रतिपक्षमा पुग्नु परेको स्मरण गराए । उनले बैठकमा बाघको नीतिकथा सुनाउँदै प्रधानमन्त्री दाहाललाई नलोभिन आग्रह गरेका थिए ।
कांग्रेसलाई प्रतिपक्षीको परिचयले सकस परेको छ । तर बाध्यताले प्रतिपक्षमा बस्नु परेको प्रसंग त कोट्याए तर सत्ता आफ्ना पक्षमा पार्न अपराधी र झण्डै दर्जन केश भएका ब्यक्ति बोकेर हिडेको चाहिँ सम्झिदैनन् र भन्छन, 'यतिबेला कांग्रेस पानी बिनाको माछो जस्तै छटपटाएको तीतो पोखे ।'
२०६४ को लोकतन्त्रको स्थापनापछि सबैभन्दा धेरै सत्तामा बसेर स्वाद लिएको, देशमा अनियमितता र अराजकता मच्चाएर देशलाई समस्याको चंगुलमा फँसाएको नेकपा एमालेले सत्ता बाहिर कांग्रेसले आफ्नो अस्तित्व आफैले विश्वास गर्न नसक्ने अवस्थामा पुगेको धारण राख्न पुगे ।
अध्यक्ष ओलीले हिँड्न नसक्ने बूढो बाघसँग कांग्रेसलाई तुलना गर्दै माओवादीलाई लोभमा फसेको बटुवासँग तुलना गरेका थिए । बाघको लोभमा फसेर सिकार बनेको बटुवाको नीतिकथा उनले सुनाए ।