२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनसरी–४ को मतगणना स्थगित 

मन्त्री ज्ञानेन्द्र कार्कीले भने : " मतगणनामा धाँधली भयो, निष्पक्ष गर्न माग " 

'आयोगले नेपाली कांग्रेसले प्राप्त गरेको ६०६  मत नेकपा (एमाले) को उम्मेदवारको पक्षमा जोड्यो ': कांग्रेस

शनिवार , मंसिर १०, २०७९


काठमाडौँ, मंसिर । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै निष्पक्ष मतगणना गर्न माग गरेका छन ।  मतगणनाका क्रममा गए राति धाँधली भएको भन्दै उनले आज साँझ बसेको सर्वदलीय बैठकमा छानबिन गर्न माग गरेका छन । 
सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा जारी रहेको मतगणनामा धाँधली भएको आशङ्का रहेकाले मतगणना स्थगित गरी सर्वदलीय बैठक डाकिएको थियो ।
शुक्रबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम सूचीमा नेपाली कांग्रेसले प्राप्त गरेको छ सय छ मत नेकपा (एमाले) को उम्मेदवारको पक्षमा जोडेको कांग्रेसको भनाइ छ ।
सुनसरी बराह क्षेत्र–८ को मतगणना सम्पन्न भएपछि सार्वजनिक गरेको मत परिणाममा एमालेको पक्षमा छ सय छ मत थप गरी २० हजार दुई सय ११ मत परिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको थियो ।
यसरी एक पटकमा छ सय छ मत एमालेको पक्षमा थपेर सार्वजनिक गरेको विषय छानबिन गरी निष्कर्ष निकालेर मात्र मतगणना गर्न कार्कीले माग गरेका छन । अनधिकृतरूपमा मतगणाका लागि कार्मचारी पठाएको, मतपत्र जाँच नगरेको, आवश्यकताभन्दा बढी कर्मचारी खटाइए पनि सुस्त गतिमा मतगणना भएको लगायत आरोप कांग्रेसको छ ।
कांग्रेसको तर्फबाट सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की, एमालेका तर्फबाट उम्मेदवार रहेका जगदीशप्रसाद कुसियैतलगायत विभिन्न पार्टीका नेताहरूको सहभागितामा सर्वदलीय बैठक बसेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार