२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

पूर्वप्रधानमन्त्री  खनालले भने : " चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ " 

शनिवार , मंसिर १०, २०७९


काठमाडौँ, मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन ।  इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताए । 
आज पत्रकारसँग कुरा गर्दै उनले भने,  “सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ । यिनै बाकसमा गन्दा दुई हजार छ सय ९० मतपत्र फेला परेको छ । दुई सय ६६ मतपत्र बढी भेटियो ।” 
उनले निर्वाचन ऐन अन्तर्गत त्यो कागजले मान्यता नपाउने जनाएका छन । पूर्व प्रम खनालले भने, “कसले छिरायो त्यहाँभित्र मुचुल्का कागज सही हो कि होइन ?  निर्वाचन ऐन अन्तर्गत त्यो कागजले मान्यता  पाउँदैन ।”

याे हेराैँ

https://demokhabar.com/posts/18662

निर्बाचन आयोग : आफै थाल्यो अमर्यादित शैली 

निर्बाचन प्रक्रियामा ओलीको छायाँ ! :  " प्रशासनिक शैली तानाशाही र पक्षपातपूर्ण बन्दै " 

हालसम्मको गणना अनुसार इलाम–१ मा नेकपा (एमाले) का महेश बस्नेतले दुई हजार चार सय ५५ मतान्तरले अग्रता लिएका छन । खनालले १६ हजार ८७ मत प्रप्त गर्दा बस्नेतले १८ हजार पाँच सय ४२ मत पाएका छन ।  क्षेत्र नं १ मा ५९ हजार नौ सय छमध्ये १७ हजार २५९ मत गणना हुन बाँकी छ । तर खनालले पुनः मतदानको माग गरेका छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार