२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सत्ता गठबन्धन बैठक 

कानुनविद्को सुझाव : " राष्ट्रपतिको कदमको व्याख्या अदालतबाट हुनु उत्तम "

बुधवार , आश्विन ५, २०७९


काठमाडौँ, असाोज । राष्ट्रपति विद्यादेवी भण्डारीको  दोस्रो पटक पनि  नागरिकता विधेयक प्रमाणीकरण नगरेको असंवैधानिक कदमविरुद्ध  छलफल बैठकमा  राष्ट्रपतिको कदमलाई सत्ता गठबन्धनका नेताहरूले असंवैधानिक ठहर गर्दै भने, 'अब के कदम चाल्ने भन्नेबारे कानुनविद्हरुसँग छलफल गरे ।'
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कानुनविद्ले दुईथरि सुझाव दिएका थिए । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेलगायत सहभागी छलफलमा १५ दिनको समयावधिमा प्रमाणीकरण नभए त्यसलाई राजपत्रमा प्रकाशित गर्न सकिने सुझाव दिएका थिए । तर अरु केही कानुनविद्ले भने  यसको अदालतबाट व्याख्या नभए गलत नजिर बस्ने भएकाले ख्याल गर्नुपर्ने उनीहरुको सुझाव थियो ।
राष्ट्रपति र सरकार परस्परविरोधी संस्था नभएकाले सरकार नै राष्ट्रपतिविरुद्ध अदालतमा जानु ठीक नहुने कानुनविद्हरुको सुझाव थियो । त्यसका लागि कुनै न कुनै रुपमा कानुन व्यावसायीलगायतबाट अदालतमा मुद्दा जाने र त्यसमा अदालतबाटै व्याख्या हुँदा राम्रो हुने सुझाव थियो ।

प्रधानमन्त्रीका कानुनी सल्लाहकार केशवराज जोशीले निर्वाचनको समय भएकाले कुनै पनि घटनाका कारण चुनाव निबिथोलियोस् भन्नेमा दलहरु सचेत रहेको बताए । छलफलपछि सत्ता गठबन्धनका नेताहरु छुट्टै छलफलमा बसेका थिए । थप कसरी अघि बढ्ने भन्नेबारे उनीहरुको निर्णय आइसकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार