२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस पदाधिकारी बैठक निष्कर्ष 

‘१०० सिटको तलमाथि हुँदैन’ :"सभापति देउवाले भने : गठबन्धन गर्दा सबैको चित्त बुझाउन गाह्रो हुन्छ " 

‘पाँच दलको गठबन्धन हो, मिलेर जाँदा दुई चार सिट तलमाथि हुनसक्छ, अन्य दलपनि लचक नहुँदासम्म कांग्रेसले पनि १०० सिटको अडान छोड्नु हुँदैन ’

बुधवार , भाद्र १५, २०७९


काठमाडौँ, भदौ ।

नेपाली कांग्रेसको आज बसेको बैठकले  सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्दा १०० सिटभन्दा कमको अडान नछोड्ने निष्कर्ष निकालेको छ गठबन्धनमा रहेका पाँच दलले तालमेल गरेर उम्मेदवारी दिने सहमति गरिसकेका छन् । तर कुन दलले कति क्षेत्रमा उम्मेदवारी दिने भन्ने टुंगिएको छैन । 
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी  तथा नेताहरूसँग छलफल गरे।  सो छलफलका क्रममा  सबैजसो नेताले कांग्रेसले १०० सिटको अडान छोड्न नहुने  धारणा राखेका थिए । 
बैठकमा उपस्थित ‘पदाधिकारी र पूर्वपदाधिकारी सबैले सबैले एकैखालको धारणा राखेको जनाइएको छ ।  सबैको जोड  थियो, १०० सिटको दाबीबाट तल भmर्नुहुँदैन भन्ने नै छ,’ बैठकपछि एक नेताले  भने, ‘पाँच दलको गठबन्धन हो, मिलेर जाँदा दुई चार सिट तलमाथि हुनसक्छ । तर अन्य दलपनि लचक नहुँदासम्म कांग्रेसले पनि १०० सिटको अडान छोड्नु हुँदैन ।’

बैठकमा स्थानीय निर्वाचनमा जस्तो गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा भने कुनै विवाद देखिएन । यसअघि केन्द्रीय कार्य समितिले नै त्यसबारे निर्णय गरिसकेकाले नेताहरूले गठबन्धन गर्नुको विकल्प नभएकोमै जोदिएका थिए ।  बैठकमा नेता डा. शेखर कोइरालाले कांग्रेसले जित्न सक्ने कुनै पनि सिट अर्को दललाई छोडेर गठबन्धन गर्नु नहुने  धारणा राखे ।

उनले भने,  गठबन्धन गरेर जाने निर्णय नै भइसक्यो । तर कांग्रेसले जित्ने सिट अर्को दललाई दियो भने त्यसले कांग्रेसलाई मात्रै होइन, गठबन्धनलाई नै फाइदा हुँदैन भन्ने कुरा ध्यान रहोस् । ’ उनले भने,  ‘जति धेरै सिट कांग्रेसले लिन्छ, त्यति धेरै सिटमा गठबन्धनका उम्मेदवार विजयी हुन सक्छन् ।’
उनले कांग्रेसले १०० सिटको अडानबाट तल झरे पार्टीभित्र आकांक्षीबीच विद्रोह हुन सक्ने बताएका थिए । बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधिले चुनावी गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत सामेल गर्नुपर्ने सुझाव राखे ।
अर्का पूर्वउपसभापति विजयकुमार गच्छदारले भने विगतमा कांग्रेसले पराजय व्यहोरेका क्षेत्रमा समेत यसपटक भने कांग्रेसको पक्षमा जनलहर रहेको स्मरण गराए ।‘अघिल्लो पटक बाम गठबन्धन थियो, त्यहीकारण पनि हाम्रो धेरै जना साथीहरूले पराजय बेहोर्नुपरेको छ,’ गच्छदारले भनेका थिए, ‘त्यसैले विगतमा पराजित भएको भनेर अहिलेको अवस्था नबुझेर अप्रिय निर्णय नलिऔँ, पहिले हारेको ठाउँमा पनि यसपटक कांग्रेसको पक्षमा जनलहर बनेको छ ।’ नेताहरूले कांग्रेसले जति धेरै सिट लियो, त्यति धेरै सिटमा गठबन्धनको जित सुनिश्चित हुने बताएका थिए ।

‘कांग्रेसले बढी सिट लिनु भनेको गठबन्धनले धेरै सिटमा जित्नु हो । त्यसले गठबन्धनलाई नै फाइदा पुग्ने हो । कांग्रेसले छोड्दैमा त्यो सिटमा अन्य दलले जित्न सक्दैनन्,’ बैठकमा भएको छलफलबारे एक नेताले भने, ‘अहिले दाबी रहेका यस्ता कतिपय क्षेत्रसमेत छन्, जहाँ कांग्रेसबाहेकबाट उम्मेदवार हुनु भनेको सिधा एमालेलाई बुझाउनु हो । गठबन्धन छ भन्दैमा कांग्रेसले चाहेर मात्रै सबै ठाउँमा गठबन्धनलाई जिताउन सकिन्छ भन्ने हुँदैन ।’

बैठकमा सभापति देउवाको भनाईलाई उदृत गर्दै भने,  गठबन्धन गरेर जाँदा कोही न कोहीले त्याग गर्नैपर्ने अवस्था आउछ, ‘पाँच दलको गठबन्धन हो, धेरै भएपछि सबैको चित्त बुझाउन गाह्रो हुन्छ, हामीले सकेसम्म फ्लेक्जिबल भएर प्रस्तुत हुनुपर्छ ।’ 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार