२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक  

प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन : " शोक प्रस्ताव पारित, शोक व्यक्त "

सोमवार , भाद्र ६, २०७९


काठमाडौँ, भदौ ।

प्रतिनिधिसभाले सभाका सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो । बैठकमा गिरीको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण गरिएको थियो । यसैगरी राष्ट्रिय सभाको बैठकले पनि सांसद गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 
सिरहाको बस्तीपुरमा जन्मिनुभएका प्रतिनिधिसभा सदस्य गिरीको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा यही भदौ ४ गते शनिबार राति ९ः३० बजे निधन भएको थियो ।   
 
गिरी नेपाली कांग्रेसबाट २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित सदस्य, विसं २०६२÷६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभा सदस्य, विसं २०६४ र विसं २०७० मा संविधानसभा सदस्य र विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा सिरहाबाटै निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार