२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मौसम विज्ञान विभाग भन्छ

मनसुनी गतिविधि : 'न्यूनचापीय रेखा दक्षिणतिर सर्दै, केही दिन कम बर्षा' 

शुक्रवार , श्रावण २०, २०७९


काठमाडौँ,  साउन । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  रहेको छ । 
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले बताएका छन ।  उनका अनुसार अबको दुई तीन दिन लगातरको भारी वर्षाको सम्भावना भने रहेको छैन ।
न्यूनचापीय रेखा सरदर स्थानबाट दक्षिणतिर सर्ने क्रममा रहेकाले अबको केही दिन मनसुनी गतिविधि कम हुने बताइएको छ । हाल देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । 
रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तर  गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।  शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव २७ डिग्री र अधिकतम् तापक्रम २७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव चार डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३३ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार