२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल - जापान सहमति 

श्रम सम्झौता परिमार्जन गर्ने : भाषा परीक्षा उत्तीर्ण ५ हजार कामदारलाई लैजान जापानले सहजीकरण गर्ने

बिहिवार , श्रावण १९, २०७९

 


काठमाडौँ, साउन ।  तीन वर्षअघि सहमति भई कार्यान्वयनमा नआएको नेपाल र जापानबीचको श्रम सम्झौतालाई परिमार्जन गर्न दुवै पक्ष सहमत भएका छन् । नेपाल र जापानका उच्च अधिकारीहरुको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले श्रम सम्झौतालाई परिमार्जन गर्ने सहमति भएको हो । 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाल तथा जापानका समसायिक कानुनी व्यवस्थाहरु समेटेर परिमार्जन गर्नुपर्ने भएकोले तयारी थाल्ने सहमति भएको छ । सन् २०१९ मार्चमा सम्पन्न सम्झौता अनुसार सरकार र सरकारबीच नै कामदार पठाउने सम्झौता भएको थियो । त्यस अनुसार कामदार पठाउन सकिएको छैन । सम्झौतामा के(के विषयहरु परिमार्जन गर्ने भन्ने प्रस्ट खुलाइएको छैन ।
बैठकमा जापान कामदार पठाउन आवश्यक कार्यविधि नेपालले बनाउने सहमति जनाएको छ । अहिलेसम्म श्रम मन्त्रालयले निर्देशिका र कार्यविधि बनाउन सकेको छैन । श्रम मन्त्रालयले तेस्रो पक्षको संलग्नता हुने गरी बनाएको निर्देशिकालाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छैन । बैठकमा छलफल भएको विषयलाई समेटेर नयाँ निर्देशिका र कार्यविधि बनाउनसमेत बाटो खुलेको छ ।

बैठकले भाषा परीक्षामा उत्तीर्ण भई बसेका नेपालीलाई लैजाने प्रक्रिया अगाडि बढाउने समेत सहमति भएको छ । भाषा परीक्षा उत्तीर्ण भई झन्डै ५ हजार नेपाली जापान जाने दिनको प्रतिक्षामा छन् । बैठकमा नेपालको तर्फबाट श्रम सहसचिव राजीव पराजुली र जापानको तर्फबाट सहायक उपमन्त्री चोतुमो नाकागावाले नेतृत्व गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार