काठमाडौँ, साउन । देशभर पछिल्लो २४ घण्टामा ९१५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार दुईको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा ११ लाख ३१ हजार ८५३ मा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो समय थप ३०१ सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७० हजार ९२६ पुगेको छ ।
नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९६८ पुगेको छ । त्यसैगरी पछिल्लो समय ५५ हजार ५५९ ले खोप लगाइसकेका छन् ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४३३ पुगेको छ । होम आइसोलेसनमा पाँच हजार २७५, संस्थागत आइसोलेसनमा १५८ आइसियुमा ४३ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ