२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एसइईको नतिजा सार्वजनिक

परीक्षा नियन्त्रण बोर्डले  भन्यो : 'उच्च श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी एक दशमलव ९४ प्रतिशत' 

बुधवार , श्रावण ११, २०७९



भक्तपुर,  साउन । राष्ट्रिय परीक्षा बोर्डले आज अपराह्न माध्यमिक शिक्षा परीक्षा )एसइई) २०७८ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले एसइई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षामा सहभागीमध्ये चार लाख ९५ हजार ७५१ परीक्षार्थीको नतिजा सार्वजनिक गरेका छन ।  
सदस्य सचिव अर्यालले यसवर्ष उच्च श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी एक दशमलव ९४ प्रतिशत रहेको बताएका छन ।  उच्च श्रेणी ३ दशमलव ६ देखि ४ जिपिए ल्याउने नौ हजार ६३३ अर्थात् १ दशमलव ९४ प्रतिशत छन् । 
त्यस्तै, ४१ हजार  ६२७ विद्यार्थीले ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए, ६९ हजार नौ सयले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याएका छन् । ९० हजार ७५८ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याएका छन् ।
त्यस्तै एक लाख १२ हजार ७३३ विद्यार्थीले २ देखि २ दशमलव ४ जीपीए, एक लाख  ५९४ जनाले १ दशमलव ६ देखि २ जीपीए, ४४ हजार  ५८६ विद्यार्थीले १ दशमलव २ देखि १ दशमलव ६ जीपीए र तीन हजार  २८० विद्यार्थीले ० दशमलव ८ देखि १ दशमलव २ जीपीए ल्याएको उनले जानकारी दिएका छन ।  
सदस्य सचिव अर्यालले यसवर्ष १ दशमलव ९४ प्रतिशतले ३ दशमलव ६ देखि ४ जिपिए, ८ दशमलव ४० प्रतिशतले ३ दशमलव २ देखि ३ दशमलव ६ जिपिए, १४ दशमलव १० प्रतिशतले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए, १८ दशमलव ३१ प्रतिशतले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याएका छन् ।
त्यस्तै २२ दशमलव ७४ प्रतिशतले २ देखि २ दशमलव ४ जीपीए, २० दशमलव २९ प्रतिशतले १ दशमलव ६ देखि २ जीपीए, ८ दशमलव ९९ प्रतिशतले १ दशमलव २ देखि १ दशमलव ६ जीपीए र ० दशमलव ६६ प्रतिशतले ० दशमलव १ देखि १ दशमलव २ जीपीए ल्याएको उहाँले जानकारी दिएका छन ।  
परीक्षामा २२ हजार ६४० अर्थात् ४ दशमलव ५७ प्रतिशत परीक्षार्थी अनुपस्थित रहेको सदस्य सचिव अर्यालले जानकारी दिएका छन । 
त्यसैगरी प्रदेशतर्फ प्रदेश नं १ मा १७ दशमलव ४ प्रतिशत, मधेस प्रदेशमा १५ दशमलव ५ प्रतिशत, वाग्मती प्रदेशमा २१ दशमलव ६७ प्रतिशत, गण्डकी प्रदेशमा ९ दशमलव ३० प्रतिशत, लुम्बिनी प्रदेशमा १७ दशमलव ४५ प्रतिशत, कर्णाली प्रदेशमा ७ दशमलव ५३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ११ दशमलव ५ प्रतिशत विद्यार्थीको नतिजा सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार