काठमाडौँ, माघ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको आजको बैठकले यही माघ ९ गते आइतबारदेखि अर्काे सूचना जारी नभएसम्मका लागि वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।
विश्वविद्यालय अन्तर्गत हाल सञ्चालन भइरहेका अधिकांश परीक्षा सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्व तयारी अवस्थामा रहेको तथा विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियण्टको तीव्र सङ्क्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकसमेत सङ्क्रमित भएका कारण त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको आजको बैठकले वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षा स्थगन गर्ने निर्णय गरिएको छ, त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुारा जारी सूचनामा उल्लेख छ ।