२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सिरहा : ‘पठन संस्कृतिसम्बन्धी जनचेतना आवश्यक’

मंगलवार , माघ ४, २०७८


लहान, माघ  । खुला विश्वविद्यालयको रूपमा रहेको पुस्तकालयमा पाठक आउन छाडेपछि पठन संस्कृतिसम्बन्धी व्यापक जनचेतना जगाउन आवश्यक रहेको समाजका अगुवाहरूले बताएका छन्  । 
२०४६ सालअघि परिवर्तनका लागि पुस्तकालयलाई राजनीतिक पाठशालाका रूपमा लिइएको लहान–११ का राजेन्द्रप्रसाद चौधरीले बताएका छन ।  उनले भने, ‘२०३२ सालमा पडरियामा बाँसको घरमा पुस्तकालय खोलेर समाजमा शिक्षा चेतना र राजनीतिक परिर्वतनका लागि सृजना पुस्तकालयको स्थापना गरेका थियौँ ।

अहिले त्यही पुस्तकालयलाई ‘रिड’ संस्थाको सहयोगमा भव्य भवन निर्माण र पर्याप्त पुस्तक रहेका छन् तर पढ्ने पाठक ह्वातै घटेको छ ।’ उनले पठन संस्कृतिलाई युवा पुस्ता माझ अघि बढाउन जनचेतना आवश्यक रहेको बताएका छन ।  
नगर उपप्रमुख रियारकुमारी चौधरीले पडरियाले आपसी एकता र सामाजिक सद्भाव कायम गर्न भूमिका खेलेको सृजना सामुदायिक पुस्तकालयले अहिले नयाँ पुस्तालाई लागूऔषध सेवनबाट अलग गराउन सहयोग पुग्ने विश्वास धारणा व्यक्त गरे ।  
प्रदेश २ मा पहिला ६७४ वटा पुस्तकालय रहेकोमा अहिले तीन सयवटा पनि पुस्तकालय नरहेको शिक्षा विज्ञान प्रविधि मन्त्रालयका सहसचिव यादवचन्द्र निरौला बताउँछन ।  उनका अनुसार २०७४ सालभन्दा अघि केन्द्रबाट पुस्तकालयहरूको संरक्षण विकासका लागि आउने बजेट अहिले प्रदेश सरकारबाट विनियोजन हुन थालेको छ । 
पुस्तकालय संरक्षण र विकासका लागि पठन संस्कृतिसम्बन्धी जनचेतना र समय अनुकूल हुने गरी डिजिटल प्रविधिअनुसार सञ्चालनमा लान आवश्यक छ । 
लहान नगरपालिका–७ मा रहेको भानुभक्त वाचनालयमा पनि पुस्तक पढ्नेको जमघट हुन्थ्यो । अहिले भानुभक्त वाचनालय जीर्ण अवस्थामा पुगेपछि लहान नगरपालिकाको बजेटबाट तीन तले भवन निर्माण गरेर पुस्तकालय वाचनालय, सङ्ग्राहलय र सांस्कृतिक कार्यक्रमका लागि भवन निर्माण गरेको नगरप्रमुख मुनिसाहले जानकारी दिएका छन । उनले भानुभक्त वाचनालयमा आधुनिक ई–लाइब्रेरी र पुस्तक पठन दुवै तरिका अपनाई अघि बढ्ने बताए ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार