२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

ताप्लेजुङ  : 'मेरिङ्देनलाई साक्षर पालिका घोषित'

शनिवार , माघ १, २०७८

 

ताप्लेजुङ, माघ । ताप्लेजुङको मेरिङ्देन गगाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने करिव साढे ९५ प्रतिशत जनसङ्ख्या साक्षर भएसँगै मेरिङ्देनलाई साक्षर घोषणा गरिएको हो । 
स्थानीय तहलाई साक्षर घोषणा गर्न सकिने मापदण्ड अनुसार गाउँपालिकामा बसोबास गर्दै आएका १५ वर्षमाथि उमेर समूहका ९५.३९ प्रतिशत जनसङ्ख्या साक्षर देखिएसँगै साक्षर पालिका घोषणा गरिएको हो । 
जिल्ला शिक्षा समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनको उपस्थितिमा गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले साक्षर पालिका घोषणा गरेका छन । 
गाउँपालिकाका शिक्षा अधिकृत भीमप्रसाद पौडेलका अनुसार गाउँपालिकाभरी १५ देखि ६० वर्ष उमेर समूहका आठहजार ७९६ जनसङ्ख्यामध्ये आठ हजार ३९१ जना साक्षर रहेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार