२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

महोत्तरी : स्थानीय तहले विद्यालय बन्द गर्न थाले

मंगलवार , पौष २०, २०७८


महोत्तरी, पस । जिल्लाका स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन् । जिल्लाको सोनमा गाउँपालिकाले चिसोका कारण चार दिन पालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गरेको छ । 
चिसोका कारणले विद्यार्थीलाई विद्यालय आउन समस्या भइरहेको भन्दै सोनमा गाउँपालिकाले मङ्गलबारदेखि चार दिनका लागि विद्यालय बन्द गरेको शिक्षा शाखा प्रमुख राजकुमार साहले जानकारी दिएका छन ।  
वर्षे बिदाबाट कटौती हुने गरी मङ्गलबारदेखि २३ गतेसम्म पालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको शिक्षा शाखा प्रमुख साहले बताए ।
उनले पालिकामा रहेको सम्पूर्ण विद्यालय तथा मदरसाहरू बन्द रहने जानकारी दिदै चिसोबाट विद्यार्थीलाई बचाउन अभिभावकलाई आग्रह गरे । चिसो बढेसँगै अन्य पालिकाहरूले समेत विद्यालय बन्दको तयारी थालेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार