वीरगञ्ज, पुस । पर्साको जिराभवानी गाउँपालिकाले सोमबारदेखि २४ गतेसम्म विद्यालय बन्द गरेको छ ।
गाउँपालिका अध्यक्ष रामप्रित महतोले आइतबार एक सूचना जारी गर्दै विद्यालयका सम्पूर्ण गतिविधि पुस १९ गतेदेखि २४ गतेसम्म बन्द हुने जनाएका छन ।
हिउँदे वर्षापछि जिल्लामा हुस्सु लाग्दै शीतलहर चलेकाले चिसोले जनजीवन कष्टकर बन्दै गएको छ ।