जनकपुर, पुस । प्रदेश २ का जिल्लामा चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् ।
बाक्लो हुस्सु, कुहिरो तथा पश्चिमी वायुको प्रभावले चिसो बढेका कारण घर बाहिर निस्कन नसक्ने अवस्था बढ्दै जाँदा यस प्रदेशका तीनवटा जिल्लाका विद्यालयमा एक साताका लागि बिदा दिइएको छ ।
प्रदेशका सर्लाही, पर्सा र महोत्तरी जिल्लाका विद्यालयमा एक साताको लागि बिदा भएको छ । प्रदेशका अन्य जिल्लामा पनि बिदा दिनेबारे छलफल भइरहेको बताइएको छ ।