२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

ताप्लेजुङ  : 'पाथीभरा याङ्वरक साक्षर घोषित'

आइतवार , पौष १८, २०७८


ताप्लेजुङ, पुस  । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ । जिल्ला शिक्षा समिति एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनको उपस्थितिमा शनिबार सो गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो । पाथीभरा याङ्वरक गाउँपालिकामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहको कुल सङ्ख्याको ९७ दशमलव ६४ प्रतिशत साक्षर रहेकोले साक्षर पालिका घोषणा गरिएको हो । 
गाउँपालिकाका शिक्षा अधिकृत लासाङ तामाङका अनुसार १५ देखि ६० वर्ष उमेर समूहका १२ हजार २८६ जनसङ्ख्यामध्ये ११ हजार ९६५ जना साक्षर रहेका छन् । तामाङले निरक्षरता प्रतिशत २ दशमलव ३६ अर्थात २९१ जना मात्र निरक्षर रहेका जानकारी दिए । 
निरक्षर सङ्ख्यालाई आगामी वर्ष दिनभित्रै साक्षर बनाउने गाउँपालिकाले योजना तय गरिसकेको प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले जानकारी दिएका छन ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार