२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रिन्सिपल नै गुण्डागर्दीमा :  ' नेक कलेज जर्बजस्ती कब्जा गरेको पुष्टि भएपछि बिद्यार्थी बोकेर अदालत'

आइतवार , मंसिर १२, २०७८


भक्तपुर, मंसिर । चाँगुनारायण नगरपालिकाको दुवाकोटमा अवस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद चरम सिमामा पुगेको छ । सात जना मिलेर बराबर सेयर राखी संचालन गरेको उक्त कलेज संचालकलाई नै बाई पास गर्दै एक समूहले हाल हत्याएर बसेको छ ।
कजेजका सञ्चालकले कलेजको नाफाको रकम बाँडफाँड गरेर लिए भन्दै उनीहरुविरुद्द ठगीको मुद्दा दर्ता गर्दै आएका पक्षले संचालक विरुद्दको मुद्दा आधार हिन भएको पुस्टी हुँदै गएपछि विद्यार्थी नै लिएर अदालत अगाडी न्यायाधिश धम्काउन पुगेका छन् ककलेजका प्रिन्सिपल  हरिकृष्ण श्रेष्ठ ।  ।
सरकार बादी भएको उक्त मुद्दामा सरकारी वकिलले कलेजमा कुनै त्यस्तो ठगी भएको र रकम हिनामिना नै भएको हो भन्ने आधार अहिलेसम्म पेश गर्न सकेको छैन ।२०५२ साल देखि संचालन भएको उक्त कलेज २०५४ ५५ मा पोखरा विश्वविद्यालयको संम्वन्धनमा पुगेको थियो ।
२०६० सालमा नेकको नाममा खोलिएको भक्तपुर जिल्ला प्रशासनमा दर्ता भएको एक सामाजिक संस्था जुन हाल कुनै अस्तित्वमा नै छैन त्यसको आधारमा कलेज सामाजिक हो भन्दै कलेजका हाल प्रिन्सिपल तथा केहि अन्य हुलहुज्जा गर्नेहरुले कलेज आफ्नो कव्जामा राखेका छन् ।

यस्तै नगरपालिकाले पनि कलेज हाल आफ्नो अधिकार मिचेर आफ्नो स्वामित्वमा ल्याउन खोजेको छ ।नेकका विषयमा विरोधमा आएका विद्यार्थीहरुलाई किन के को विरोधमा आउनुभयो भन्दा उनीहरुले कलेज बन्द हुन लाग्यो र अनी विरोधमा आएको बताए । उनीहरुलाई कलेज बन्द हुने भन्दै झुक्याएर विरोधमा ल्याएको खुल्न आएको छ ।
कलेजमा प्रिन्सिपलले विरोधमा जाउँ भन्नुभयो अनी आफूहरु आएको अर्का विद्यार्थीले बताए । भोली कलेजमा आफूहरुलाई यो विरोधमा नआएको विषयले विभिन्न समस्या हुने भएकाले आफूहरु विरोधमा आएको उनीहरुको भनाई थियो ।
कलेजको गाडी नै लिएर विद्यार्थी सहित उस्थित भएका प्रिन्सिपललाई न्यायाधिशले यो के पारा हो तपाईहरु न्याय खोज्न आउनुभएको कि धम्काउन भनेपछि प्रिन्सिपल भने आफूलाई विद्यार्थी बाहिर आएको थाहै नभएको भन्दै पन्छिएका थिए । तर विद्यार्थीले भने खाजा खर्च सकित प्रिन्सिपलले आफूहरुलाई बाहिर धर्नामा उपस्थित गराएको बताएका छन् ।

   

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार