२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कर्णाली : '३४ प्रतिशत नागरिक लेखपढ गर्न जान्दैनन्'

मंगलवार , भाद्र २९, २०७८


कर्णाली, भदौ । कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर रहेको कर्णालीमा ३४ प्रतिशत नागरिक साधारण लेखपढ गर्न जान्दैनन् । 
मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारीले प्रदेशका १० जिल्लाका ७९ मध्ये ३६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको जानकारी दिएका छन । प्रदेश योजना आयोगले आव २०८०÷८१ सम्म कर्णालीको साक्षरता ९५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । कर्णाली सरकारले प्रदेशलाई साक्षर बनाउन आव २०७५÷७६ देखि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । तीन वर्षभित्र कर्णालीलाई साक्षर प्रदेश घोषणा गर्ने भन्दै तीन वर्षअघि प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको थियो । 
मन्त्रालयका उपसचिव अधिकारीले गत वर्ष निरन्तर सिकाइसम्बन्धी गतिविधिका लागि हरेक स्थानीय तहमा रु दुई लाख उपलब्ध गराएको र उक्त बजेट कोरोना महामारीका कारण खर्च हुन नसकेको  जानकारी दिएका छन ।
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार