२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एनआरएनए : ' विशेष महाधिवेशन आजदेखि हुँदै'

शनिवार , माघ १०, २०७७

बार्सिलोना, माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ। विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमतिसँगै एनआरएनएनमा देखिएको विवाद समेत टुंगिएको छ।

दुईदिनसम्म भर्चुअलरुपमा हुने संघको विशेष महाधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने कार्यक्रम तय भएको छ। महाधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधिहरु सहभागी हुने संघले जनाएको छ ।

जूमको माध्यमबाट आयोजना गरिने विशेष केन्द्रीय महाधिवेशनमा नवौं महाधिवेशनबाट पारित हुन नसकेको आर्थिक प्रतिवेदन र सहमतिका आधारमा तयार गरिएको विधान संशोधन प्रस्तावमाथि छलफल हुने छ।

एक थप युवासहित जम्मा ६ जना उपाध्यक्ष रहने, दुई सहकोषाध्यक्षमध्ये एकजना महिला अनिवार्य, एक महिलासहित दुईजना सचिव थप्ने, केन्द्रीय सल्लाहकार ११ बाट बढाएर २१ बनाउने,संघका अध्यक्षले विश्वभरबाट १५ प्रतिनिधि थप्नसक्ने प्रावधान, राष्ट्रिय महाधिवेशनबाट २५ प्रतिशत प्रतिनिधि निर्वाचित गर्ने,निर्वाचन प्रक्रियालगायतका थुप्रै परिवर्तनहरु विधान संशोधनमार्फत हुने भएका छन्।

संघको बुधबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकमा उपाध्यक्ष मन केसी तथा विधान संशोधन सुझाव समितिका संयोजक भुषण घिमिरेले प्रस्तुत गरेका बुँदाहरु विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमति बनेको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार