२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

यमपञ्चकको तेस्रो दिन आज

उज्यालो पर्व दीपावली  : ‘धनधान्यकी देवी लक्ष्मी पूजा गरी सम्पन्न’ 

शहर बजार दीपावली गरी झिलीमिली

शनिवार , कार्तिक २९, २०७७

 

काठमाडौँ, कात्तिक । यमपञ्चकको तेस्रो दिन घर घरमा आज कार्तिक कृष्ण औँसीको दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाईयो । घर वरिपरी तथा सफासुग्घर, लिपपोत गरिएको घरमा लक्ष्मीले बास र्गिर्छन भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर, गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर मनाइयो  ।

125107415_3641288609256901_5770152481162818969_n.jpg

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरियो । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो बनाएर पूजा गरियो ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन छ ।

124728020_278816803535077_6443804361857105631_n.jpg

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरियो ।लक्ष्मी पूजापछि कन्या र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिईयो । 
लक्ष्मीपूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस, लक्ष्मी र धनधान्यको आगमन होस् भनी कामना गर्ने शास्त्रीय विधि रहेको  नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका छन  ।
आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेलेका छन । भगवान विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएका थिए । सो वरदान पाएका बलिराजाले भलो होस भनी घर घरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । 
‘भलो होस भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी  दिइयो । 
 लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइयो 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार