२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समिति भन्छ

बडादशैँ नजिकिँदै  : “कुन शहरमा कति बजे लगाउने त दशैँको टीका”

काठमाडौँमा कात्तिक १० गते बिहान १०ः१९ बजे उत्तम साइत 

शनिवार , आश्विन २४, २०७७

 


काठमाडौ, असोज । यस बर्षको नेपालीको महान चाड बडादशैँ नजिकिएको छ । बडादशैको मुख्य  पक्षका रुपमा रहेको टिका आकर्षण हो । यही बडा दशैमा मनाइने बडादशैको बिजयादशमी टिका बिश्वभर रहेका हिन्दुधर्मावलम्बीले कतिखेर कहाँ लगाउन साईत छ त ?
अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यसको निर्धारण गर्छ । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार,  यसवर्ष विश्वका विभिन्न देशका शहरमा विजया दशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ । 
यसैगरी, भारतको दिल्लीमा बिहान १०ः३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११ः०५,  केन्टुकीमा बिहान ११ः०७, टेक्सासमा बिहान ११ः५७ र क्यालिफोर्नियामा ११ः४५ बजेको साइत दिइएको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले बताएका छन ।
यसैगरी, बेलायतको लण्डनका लागि बिहान ११ः३९, क्यानडाको टोरन्टोका लागि बिहान ११ः४३, पोर्चुगलको लिस्बनका लागि बिहान ११ः३७ र  फ्रान्सको पेरिसका लागि बिहान ११ः४१ बजे विजयादशमीको टीका लगाउनु शुभ रहेको समितिले जनाएको छ । यी शहरमा पनि अक्टोबर २५ तारिखका दिन विजयादशमी पर्व मनाइन्छ ।
जापानको टोकियोमा अक्टोबर २६ तारिखका दिन बिहान ११ः३५, अष्टे«लियाको सिड्नीमा बिहान ०९ः४३, अष्टे«लियाकै मेलबर्न शहरमा बिहान ९ः५३ बजे, अष्टे«लियाकै ब्रिसबेनमा बिहान ९ः५१, मलेसियाको क्वालालम्पुरमा बिहान १०ः३५, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा बिहान १०ः४३, कतारको दोहामा बिहान १०ः२१, थाइल्याण्डको बैङ्ककमा बिहान १०ः३३, दक्षिण कोरियाको सोलमा बिहान १०ः२७, इजरायलको तेल अभिभमा बिहान १०ः३७, सिङ्गापुरमा बिहान १०ः४१, हङकङमा बिहान १०ः४९, साउदी अरबमा बिहान १०ः२५, न्युजिल्याण्डको वेलिङ्टनमा बिहान १०ः१५ बजेको समयमा दशैँको टीका लगाउन उत्तम हुने जनाइएको छ । यी शहरमा पनि अक्टोबर २६ तारिखकै दिन विजयादशमी मनाउनुपर्ने समितिले जनाएको छ ।
 विभिन्न देशमा फैलिएका नेपाली एवं वैदिक सनातन धर्मावलम्बीले दशैँको टीका लगाउन शुभसाइत माग्न थालेपछि समितिले ती देशका स्थानीय समयानुसार शुभ हुने बेलामा साइत दिइएको जनाएको छ । विश्व ज्योति महासङ्घले समिति गठन गरेको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसअघि नै नेपालका लागि दशैँका विभिन्न साइत सार्वजनिक गरिसकेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार