२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रिय सम्मानका साथ राष्ट्रकविको आज अन्त्येष्टि गरिने

बुधवार , भाद्र ३, २०७७

काठमाडौँ, भदाै । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।

मध्यान्ह पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने तयारी भएको हो । त्यसअघि बिहान १० बजे उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ । लैनचौरस्थित उनको घरमै राष्ट्रिय झण्डा ओढाइने उपप्रधानमन्त्री पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै उनलाई अक्सिजन दिएर राखिएको थियो ।

वि सं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका घिमिरेले १४ वर्षको उमेरदेखि साहित्य यात्रा सुरु गरेका थिए । उनलाई २०६० असोज ९ गते तत्कालिन सरकारले राष्ट्रकविको उपाधी दिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार